Sunday, May 26, 2013


चिहानमा शवले खुट्टा चलाउदा मलामीहरु भागाभाग

अन्तिम संस्कारका लागि गएका मलामीहरु निकै डराए र ज्यान जोगाउन भागाभाग गरे । उनीहरुलाई लाग्यो भुतले अब सबैलाई खाँदैछ । तर मरेको भनिएको आफन्त ज्यूँदै रहेछ भन्ने कुराको भेउ उनीहरुले पाउन सकेनन् सुरुमा ।
जिम्बाबेमा भएको छ यस्तै । ३४ वर्षका बि्रक्टन डामा जान्थे नामका युवकको लामो विमारपछि हालै घरमै मृत्यु भयो । उनी मृत्युपछि केहीबेर घरमा रुवाबासी भयो, आफन्तहरु पनि रोए । एकछिनपछि जान्थेको शवलाई गाड्नका लागि मलामीहरुले लगे । उनलाई कोफिनमा राखेर जब चिहानकोे खाल्डोमा विसर्जन गर्ने तयारी भैरहेको थियो, अन्तिम श्रद्धान्जली दिने बेलामा एक जना मानिसले शवले खुट्टा चलाइरहेको देखे । लट गाका झसँग भए ।
कतै आफ्ना आँखा भ्रमित भए की भन्ने उनलाई लाग्यो । फेरी शवलाई हेरे । शवले खुट्टा चलाइरहेको थियो । उनले अरु मलामीलाई पनि यो कुरा भने । सबैले शवले खुट्टा चलाइरहेको देखेपछि त्यहाँ स्थिति निकै असामान्य बन्यो । सबै डराए ।
जान्थे मरेपछि भुत बनेर ब्युँझिएको र अब सबै मलामीलाई खान्छ भन्ने डरले मलामीहरु भागाभाग गर्न थाले । तर एक जना अलिक निडर तथा साहसी व्यक्तिले अक्कल लगाइहाले ।
कतै जान्थे जिउँदै पो छन् की भन्ने उनलाई लाग्यो र सबै मलामीलाई नडराउन आग्रह गर्दै जान्थेको शव बोकेर अस्पतालमा लगियो । अस्पतालमा गएर चेकजाँच गर्दा जान्थे जिउँदै रहेको थाहा भयो । उनलाई दुइदिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरियो र अहिलेपनि उनको उपचार भैरहेको बताइएको छ .

Wednesday, May 22, 2013

मान्छे को मन कति निर्दही जन्म दिने आमा को मन कति कठोर ... कसरि मन ले मान्न सके होला 
यस्तो हर्कत यस्तो अपराध जीवन मा कसैले नगरोस !!!

अब हात नै मोबाइल..अचम्मको मोबाइल आउँदै


तपाईको हातमा केही देखीन्न, कानमा पनि केही राख्नु भएको छैन्, तपाईसंग कुनै उपकरण छैन् तैपनि तपाई फोन गर्न सक्नु हुन्छ। तपाईलाई सुन्दै अचम्म लाग्न सक्दछ। तर, अब यो कल्पना साँचो हुने भएको छ ।
प्रविधीले अभुतपुर्व विकास गर्दै जाँदा पत्याउनै नसकिने कुरा आविश्कार हुन थालेका छन्। खोजकर्ताहरुले यस्तो मोवाइल फोन प्रविधीको विकास गरेको बताइका छन् । जुन तपाई हातमै जोडिनेछ ।
यो प्रविधीमा एउटा विशेष किसिमको क्यामेराको प्रयोग गरिन्छ जो हाइ स्पिड भिजन र दुइ घुम्ने ऐनासंग जोडिएको हुन्छ ।
युनिभर्सिटी अफ टोकियोका मासातोशी इशिकावा र उनका सहयोगी हाल यो प्रविधीमा काम गर्देछन् । यो मोबाइल फोन मानिसको हातमा किबोर्डको रुपमा देखिनेछ । फोन बाहेक प्रयोगकर्ताले यो उपकरणलाई मोवाइका अलावा रिमोटको रुपमा समेत प्रयोग गर्न सक्दछन ।
इशिकावाका अनुसार यो मोवाइलमा यस्तो फिचर हुन्छ जसले दुइ मिलि सेकेण्डमा थृीडी अब्जेक्ट डिटेक्ट गर्दछ। हाइस्पिड भिजनले चारौ तरफ रहेका वस्तुहरु ट्र्याक गर्दछ । यो प्रविधीले प्रयोगकर्ताले मोवाइलको फोनको तस्विर आफ्नो हातमा सेट गर्न सक्दछन् ।
यसरि हातनै मोवाइल फोन बन्दछ। इशिकावाका अनुसार हातमा ३ ग्राम बस्तु राखेको जस्तै अनुभव हुन्छ । आगामी दुइ वर्षुभित्र यो प्रविधी बजारमा आइसक्ने बताइएको छ ।

Monday, May 6, 2013

के तपाई लाई डिभी पर्यो ? येदि परेको छैन भने , २०१४ – का डिभी आवेदकहरूले डिभी परेन भनेर कन्फर्मेशन नम्बर नच्यात्नु होला । नेपाल स्थित अमेरिकी राजदूतावासले सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुन सक्ने जनाएको छ । डिभी–२०१४ का आवेदकहरूले आफ्नो “कन्फर्मेशन नम्बर” सन् २०१४ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्न सुझाव देकोछ । सही जानकारी लिनwww.dvlottery.state.gov मा जान आग्रह गरिएको छ । यो वेबसाइट डिभी कार्यक्रमसम्बन्धी आधिकारिक जानकारीको लागि एउटै मात्र स्रोत हो ।
कतै जादै हुनुहुन्छ ? एक पटक यो पम्प्लेट हेर्नु है। वैशाख २५ गतेदेखि पूर्वपश्चिम हाइवे र पृथ्वी हाइवे रोक्ने रे।