Wednesday, April 24, 2013

तानसेन-तम्घास सडक खण्डको खस्यौली-३ करङ्गैरामा मंगलबार दिउसो टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुघर्टनामा ४ घाईते भएका छन् ।

मृत्यु हुनेहरु गुल्मी, इस्माका ३५ बर्षीया लता बिष्ट, १२ बर्षीया आस्था जीसी, गुल्मी हस्तीचौरका ३५ बर्षीय ज्ञानबहादुर जीसी र रामबहादुर जीसी छन् । लता र आस्थाको घटनास्थलमै र जीसीद्धयको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए । आस्था ज्ञानबहादुरकी छोरी हुन् ।

दुर्घटना मा परी घाईते हुनेमा गुल्मी हस्तीचौरकै उमा जीसी, सिद्धान्त बिष्ट, आदर्श जीसी र चालक रामेछापका ज्ञानेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनायो ।

काठमाण्डौबाट गुल्मीको इस्मातर्फ जादै गरेको वा ७ च ३३१८ नम्बरको टाटासुमो विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा दुर्घटना भएको स्थानीयबासीले बताए । प्रहरीले भने पाडोलाई साइड दिने क्रममा खसेको बताएको थियो । दुघर्टनाग्रस्त जीप सडकबाट झण्डै २ सय मिटर तल खोल्सामा खसेको छ । स्थानीय बासिन्दा, प्रहरी, चण्डीप्रसाद गणका सेनाले घाइतेको उद्धार गरी तानसेन पठाएका थिए । २ जनालाई
थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।

No comments:

Post a Comment